Skip to main content

कानुन को स्रोत र नेपाल मा कानुन निर्माण प्रकृया

कानुनको स्रोत
कानुनको उद्गम बिन्दु वा जहाँबाट कानुनको उत्पत्ति भएको हुन्छ त्यसलाई नै कानुनको स्रोत भनिन्छ । कानुन कसरी सिर्जना हुन्छ, सिर्जनाका आधारहरू के के हुन, भन्ने कुरालाई नै कानुनको स्रोतले जनाउँछ ।
प्रथा
कुनै स्थान विशेषमा मानिसले परम्परादेखि निरन्तररुपमा स्वेच्छाले एकैरुपमा मान्यता दिँदै आएको चालचलन, व्यवहार, परम्परा, मूल्यमान्यता रीतिरिवाज, सामाजिक व्यवस्था, आदतजन्य प्रक्रिया आदिलाई प्रथा भनिन्छ । प्रथालाई कानुनको सबैभन्दा पुरानो तर आजसम्म उत्तिकै मान्यता प्राप्त स्रोतको रूपमा लिइन्छ। प्रथा सार्वजनिक चेतनाको अभिव्यक्ति हो, यसले राष्ट्रिय तथा सामाजिक भावना सँगालेको हुन्छ । प्रथा विगतदेखि नै सहज रूपमा स्वीकार गरी पालना हुँदै आएको सामाजिक नियम हो ।
प्रथाले कानुनी स्रोतको रूपमा मान्यता पाउन देहायबमोजिमका तत्त्वहरू हुनु अनिवार्य हुन्छ :
♦ प्राचिनता
♦ निश्चितता
♦ वैधानिकता
♦ निरन्तरता
♦ नैतिकता
♦ तर्कसङ्गत
♦ एकरूपता
♦ सर्वस्वीकार्य
♦ बाध्यात्मक शक्ति
कानुनी मान्यता दिनुका कारणहरू
–अविस्मरणीय निरन्तरताका कारण भावनात्मक वैधानिकता रहेकोले,
–सामाजिक चेतनाको अभिव्यक्ति हुने भएकोले,
–सामाजिक व्यवहारमा वैकल्पिक वा पूरक कानुनको रूपमा स्वीकृत भइसकेको हुनाले,
–न्याय र सामाजिक उपयोगिताको सिद्धान्तमा आधारित हुने भएकोले,
–भविष्यसम्म कायम रहने विश्वास गरिएकोले,
विधायन
व्यवस्थापिकाले औपचारिक विधायिका प्रक्रिया पुरा गरी निर्माण गरेको कानुनको औपचारिक दस्ताबेजलाई विधायन भनिन्छ । विधायिकाबाट निर्माण हुने कानुन नै विधायन हो । संविधान, ऐन, नियम विनियम निर्देशिका जस्ता कानुनका औपचारिक लिखित दस्ताबेजहरू सबै विधायन हुन ।
जनता तथा समाजको माग अनुरूप व्यापक छलफल तथा विचार विमर्श गरी जनताद्वारा छानिएका जनप्रतिनिधिहरूले जनभावनाअनुकुल निर्माण हुने हुँदा विधायनलाई कानुनको प्रमुख एवं उत्कृष्ट स्रोतको रूपमा लिइन्छ ।
अ) सर्वोच्च विधायन विधायिका आफैले निर्माण गरेको कानुन वा राज्यको सर्वोच्च सत्ता वा सम्प्रभुवाट सिधै निर्माण हुने विधायनलाई सर्वोच्च विधायन भनिन्छ ।
आ) अधीनस्थ विधायन सर्वोच्च विधायनबाट प्रत्यायोजित अधिकारको अधीनमा रही संसद् बाहेक अन्य शक्तिबाट निःसृत हुने विधायनलाई अधीनस्थ विधायन भनिन्छ ।
महत्त्व
♦ समय सापेक्ष कानुनको निर्माण र विकास हुन्छ ।
♦ जनभावनालाई प्रतिबिम्बित गरेको हुन्छ,
♦ लिपिबद्ध हुने हुँदा स्पष्ट, निश्चित र सरोकारवालाको पहुँचयोग्य हुन्छ,
♦ विगतको ज्ञानको आधारमा भविष्यको अनुमान गर्दै भविष्यमा कार्यान्वयन हुन सक्ने गरी निर्माण गरिन्छ,
♦ सामाजिक कुप्रथा तथा शत्रुतापूर्ण नजिरहरूलाई सुधार गर्न,
नजिर
विधायिकाले निर्माण गरेका कानुनहरूलाई समसामयिक व्याख्या गरी समाजमा कानुनको अभाव हुन नदिनको लागि अदालतबाट कानुनको व्याख्या हुँदा जन्मिने नयाँ सिद्धान्त नै नजिर हो । कानुनको स्वेच्छाचारी व्याख्या गर्नबाट रोक लगाई न्यायिक स्वच्छता कायम गराउन,न्यायिक एकरूपता कायम गराउन, निर्णयमा शीघ्रता ल्याई छिटोछरितो न्याय निरूपण गर्न तथा न्यायिक विचलन हुन नदिनका लागि नजिरलाई भरपर्दो स्रोत मानिएको हो,
महत्त्व
♦ कानुनका ज्ञाताको मस्तिष्क मन्थनको उपज मानिने भएकोले,
♦ कानुनको विकास नाप्ने मापदण्ड,
♦ न्यायाधीशबाट हुन सक्ने त्रुटि, पक्षपात वा गैरकानुनी कार्यलाई रोक्न सहयोग पु¥याउने धउकोले,
♦ समाजको आवश्यकताको आधारमा कानुन प्राप्त गर्न सकिने,
♦ अनवरत अध्ययन र खोजीको परिणाम स्वरूप प्राप्त हुने भएकोले ।
नेपालमा कानुन निर्माण प्रक्रिया
१) विधेयक दर्ता अघिको चरण
♦ सम्बन्धित मन्त्रालयबाट विधेयकको प्रस्ताव तयारी
♦ कानुन मन्त्रालयको राय
♦ मन्त्रिपरिषदबाट सैद्धान्तिक सहमति
♦ विधेयकको मस्यौदा तयारी
♦ विज्ञहरूको राय, परामर्श
♦ विधेयकको मस्यौदा स्वीकृति
♦ संसद्मा विधेयक दर्ता
२) दर्तापछिको चरण
क) सामान्य छलफल
♦ विधेयकको जानकारी दिने र प्रस्तुतिको अनुमति लिने,
♦ विधेयकको प्रस्तुति
♦ सामान्य छलफल
♦ विधायक फिर्ता लिन सक्ने
♦ विधेयकमा संशोधन
ख) दफावार छलफल
♦ दफावार छलफलका लागि प्रस्ताव पेस गर्ने,
♦ दफावार छलफल(सभा वा समितिमा)
♦ अनुसूचीमाथि छलफल
♦ प्रतिवेदनमाथि छलफल
ग) विधेयक पारित
♦ विधेयक पारित गर्ने,
♦ प्रस्तावना र नामको प्रस्तुति
♦ आनुसागिंक सुधार
♦ सभामुखबाट प्रमाणित
♦ राष्ट्रपतिबाट प्रमाणीकरण
♦ राजपत्रमा प्रकाशन
कानुन समाजलाई व्यवस्थित र निर्देशित गर्ने एउटा औजार हो। यसको अज्ञानता कसैलाई पनि क्षम्य नहुने हुनाले कानुनहरू परिष्कृत गर्दै समाजलाई सही दिशामा डोर्‍याउने खालका हुनुपर्दछ । यसका लागि सम्बद्ध पक्षहरूको प्रभावकारी भूमिका हुनु पहिलो सर्त रहन्छ ।

लेखन तथा सम्पादन : दिनेश सुवेदी 

Comments

Post a Comment

Popular posts from this blog

एकल कोष खाता प्रणाली (TSA) भनेको के हो ? यस्को उदेस्य बारे चर्चा गर्नुहोस । (५+५)

एकल कोष खाता प्रणाली (TSA) भनेको के हो ?  सञ्चित कोषको सञ्चालन र जिल्लागत रुपमा राजस्व आम्दानी र बजेट खर्चको नगद व्यवस्थापन सम्बन्धी कार्य गर्न प्रत्येक जिल्ला स्थित कोष तथा लेखा नियन्त्रक कार्यालयलाई जिम्मेवारी दिने प्रणालीलाई नै एकल कोष खाता प्रणाली (Treasury Single Account)  भनिन्छ । यसले वर्तमान ४००० भन्दा बढि भुक्तानी केन्द्रका १२००० भन्दा बढि खातालाई प्रतिस्थापन गर्ने छ र केवल ७५ जिल्लाको कोष कार्यालयमा एक-एक वटा मात्र बैंक खाता हुनेछन् । २०६६ मंसिर १ गते देखि भक्तपुर जिल्लाबाट सुरु भई हाल ३८ जिल्लामा लागू भएको छ । छिट्टै नेपालभर लागू गर्ने तयारी भइरहेको छ । यस कार्यमा नेपाल सरकारलाई IMF ले परामर्श दातृ संस्थाको रुपमा सहयोग गरिरहेको छ । TSA किन ? •    सरकारी कोषको  दैनिक आम्दानी, खर्च र मौज्दातको हिसाब तयार गर्न सहज बनाउन, •    सरकारी कोषको रकमलाई पूर्ण उपयोगमा ल्याउन, (विभिन्न खातामा रकम निस्क्रीय रहँदैन ) •    सरकारी खर्च प्रणालीलाई Post Audi...

लेखापरीक्षण मान

लेखापरीक्षण मानहरू लेखापरीक्षण मान  भन्नाले कुनै पनि  लेखापरीक्षक ले लेखापरीक्षण  गर्दा पालना गर्नु पर्ने लेखापरीक्षण सम्बन्धी सैद्धान्तिक मानहरू हुन् । [१]  उक्त मान लेखापरीक्षण मान समितीले तयार गरि  नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था ले नेपालमा लागु गर्ने गर्दछ । हालसम्ममा ३२ वटा लेखापरीक्षण मानहरू तयार भई कार्यान्वयनमा लागु गरिएकोछ । जसमध्ये २७ वटा अनिवार्य पालना गर्नु पर्ने गरि लागु गरिएको छ भने बाँकी ५ वटालाई ऐच्छिक पालनाको लागी राखिएको छ । सङ्कलन/ लेखन : दिनेश सुवेदी 

बाह्य पदपूर्ति भनेको के हो ? यसका सबल र दुर्बल पक्षहरू के–के हुन् ? लेख्नुहोस्  । (४+६)

बाह्य पदपूर्ति भनेको के हो ? यसका सबल र दुर्बल पक्षहरू के–के हुन् ? लेख्नुहोस्  । सेवाभित्रका कार्यरत कर्मचारी वा सेवाबाहिरका तर तोकिएको योग्यता पुगेका व्यक्तिहरूलाई प्रतिस्पर्धा गराएर रिक्त पदको पूर्ति गर्ने तरिकालाई बाह्य पदपूर्ति भनिन्छ । यसमा सबैलाई समान अवसर हुन्छ । तोकिएको योग्यता पुगेका सबै व्यक्ति यसमा सहभागी हुन्छन् । लिखित, अन्तर्वार्ताजस्ता प्रतिस्पर्धात्मक परीक्षामा सफल भएका व्यक्तिलाई मात्र नियुक्ति गरिन्छ । यो खुला प्रतिस्पर्धा हो । नेपालको निजामती सेवामा लोकसेवा आयोगले निजामती सेवा ऐन–२०४९ को दफा ७ अनुसार खुला प्रतिस्पर्धाको विज्ञापन गर्दछ र सफल उम्मेदवारलाई मात्र रिक्त पदमा नियुक्तिका लागि सिफारिस गर्दछ । सबल पक्ष – नवीनतम ज्ञान, सीप, क्षमता र सोच भएका सक्षम व्यक्तिले सेवाभित्र प्रवेश पाउने, – पुराना कर्मचारीको समेत प्रतिस्पर्धात्मक क्षमता बढ्ने, – यसले सक्षम र योग्य व्यक्ति पलायन हुनबाट रोक्दछ, – सेवा प्रवेशमा समान अवसरको सिद्धान्त लागू हुन्छ, – सेवामा नयाँले मौका पाउने हुँदा उत्पादन र उत्पादकत्व बढ्न जान्छ, – पुराना कर्मचारीले भन्दा नयाँ कर्मचारीले महत्व ...