Skip to main content

सुचना को हक भनेको के हो ? सुचनाको हक को सम्बन्धमा भयका ब्यबस्था उल्लेख गर्नुहोस । (५+५)

सूचनाको हक
सार्वजनिक निकायमा रहेका सार्वजनिक महत्वको सूचना माग्ने र पाउने अधिकारलाई सूचनाको हक भनिन्छ । कानुनी रुपमा मात्र कानुनी पहुँच हुनाले सूचनाको हकको प्रत्याभुतिको सार्थकता पुष्टि नहुने भएकोले भौतिक रुपमा त्यस्ता सूचनासम्म नागरिकको  पहुँच हुन आवश्यक हुनाले नागरिकलाई सूचनाको हकको सार्थक प्रत्याभुतिका लागि राज्यले सवैंधानिक रुपमा सुनिश्चित गर्नुपर्दछ ।
नेपालमा सर्वप्रथम सूचनाको हकलाई २०४७ को नेपाल अधिराज्यको सविंधानको धारा १६ मा उल्लेख गरिएको थियो । सूचनाको हकसम्बन्धी ऐन, २०६४ ले सार्वजनिक निकायबाट सम्पादन हुने वा भएको सार्वजनिक महत्वको काम, तत्सम्बन्धी कारबाहीको निर्णयसँग सम्बन्धित कुनै लिखत सामाग्री वा जानकारी नै सूचना हो भनी उल्लेख गरेको छ । त्यस्तै नेपालको वर्तमान संविधाको धारा २७ मा सूचनाको हकसम्बन्धी व्यवस्थामा प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको विषयको सूचना माग्ने र पाउने हक हुनेछ तर कानुन बमोजिम गोप्य राख्नुपर्ने सूचनाको जानकारी दिन कसैलाई बाध्य पारिने छैन भनि उल्लेख गरिएको छ ।
सुचनाको हक :
  •  सार्वजनिक महत्वको निर्माण कार्य भईरहेको स्थलको भ्रमण र अवलोकन गर्ने, कुनै सामाग्रीको जानकारी लिने अधिकारको रुपमा पनि यसलाई लिईन्छ ।
  •  कानुनले निषेध गरेको अवस्थामा बाहेक राज्य सम्बन्धी सूचनामा नागरिकको पहुँच  स्थापित हुनुपर्छ भन्ने मान्यता यसले राखेको हुन्छ।
  •  कानुनको पूर्ण कार्यान्वयन गराई प्रजातान्त्रिक पद्धतिको संरक्षणका लागि संस्थागत  उत्तरदायित्व, खुलापन, पारदर्शिता तथा जनसहभागिता जस्ता पक्षहरुको प्रर्वद्धनमा योगदान पुर्‍याउँछ ।
  •  सचेत र सूसुचित नागरिक व्यवस्थाको आधारस्तम्भ,
  •  शासकीय व्यावस्थामा नागरिक सहभागिता तथा सचेतना अभिवृद्धिका लागि प्रभावकारी रहन्छ ।
सूचनाको हक सम्बन्धी ऐन,२०६४ ले निम्नलिखित अवस्थामा सूचना प्राप्त गर्ने नागरिकको हकमा प्रतिबन्ध लगाएको छः– 
क) नेपालको सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय सुरक्षा, सार्वजनिक शान्ति सुव्यवस्था वा अन्तराष्टिय सम्बन्धमा गम्भीर खलल पर्ने,
ख) अपराधको अनुसन्धान तहकिकात तथा अभियोजनमा प्रत्यक्ष असर पार्ने,
ग) आर्थिक, व्यापारिक तथा मौद्रिक हित वा बौद्धिक सम्पत्तिको संरक्षण, बैङ्किङ वा व्यापारिक गोपनीयतामा गम्भीर आघात गर्ने,
घ) विभिन्न जातजाति वा सम्प्रदायबिचको सुसम्बन्धमा प्रत्यक्ष रूपमा खलल पार्ने,
ङ) व्यक्तिगत गोपनीयता र व्यक्तिको जिउ–ज्यान सम्पत्ति, स्वास्थ्य वा सुरक्षामा खतरा पुर्‍याउने ।

लेखन तथा सम्पादन : दिनेश सुवेदी 

Comments

Popular posts from this blog

एकल कोष खाता प्रणाली (TSA) भनेको के हो ? यस्को उदेस्य बारे चर्चा गर्नुहोस । (५+५)

एकल कोष खाता प्रणाली (TSA) भनेको के हो ?  सञ्चित कोषको सञ्चालन र जिल्लागत रुपमा राजस्व आम्दानी र बजेट खर्चको नगद व्यवस्थापन सम्बन्धी कार्य गर्न प्रत्येक जिल्ला स्थित कोष तथा लेखा नियन्त्रक कार्यालयलाई जिम्मेवारी दिने प्रणालीलाई नै एकल कोष खाता प्रणाली (Treasury Single Account)  भनिन्छ । यसले वर्तमान ४००० भन्दा बढि भुक्तानी केन्द्रका १२००० भन्दा बढि खातालाई प्रतिस्थापन गर्ने छ र केवल ७५ जिल्लाको कोष कार्यालयमा एक-एक वटा मात्र बैंक खाता हुनेछन् । २०६६ मंसिर १ गते देखि भक्तपुर जिल्लाबाट सुरु भई हाल ३८ जिल्लामा लागू भएको छ । छिट्टै नेपालभर लागू गर्ने तयारी भइरहेको छ । यस कार्यमा नेपाल सरकारलाई IMF ले परामर्श दातृ संस्थाको रुपमा सहयोग गरिरहेको छ । TSA किन ? •    सरकारी कोषको  दैनिक आम्दानी, खर्च र मौज्दातको हिसाब तयार गर्न सहज बनाउन, •    सरकारी कोषको रकमलाई पूर्ण उपयोगमा ल्याउन, (विभिन्न खातामा रकम निस्क्रीय रहँदैन ) •    सरकारी खर्च प्रणालीलाई Post Audi...

लेखापरीक्षण मान

लेखापरीक्षण मानहरू लेखापरीक्षण मान  भन्नाले कुनै पनि  लेखापरीक्षक ले लेखापरीक्षण  गर्दा पालना गर्नु पर्ने लेखापरीक्षण सम्बन्धी सैद्धान्तिक मानहरू हुन् । [१]  उक्त मान लेखापरीक्षण मान समितीले तयार गरि  नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था ले नेपालमा लागु गर्ने गर्दछ । हालसम्ममा ३२ वटा लेखापरीक्षण मानहरू तयार भई कार्यान्वयनमा लागु गरिएकोछ । जसमध्ये २७ वटा अनिवार्य पालना गर्नु पर्ने गरि लागु गरिएको छ भने बाँकी ५ वटालाई ऐच्छिक पालनाको लागी राखिएको छ । सङ्कलन/ लेखन : दिनेश सुवेदी 

बाह्य पदपूर्ति भनेको के हो ? यसका सबल र दुर्बल पक्षहरू के–के हुन् ? लेख्नुहोस्  । (४+६)

बाह्य पदपूर्ति भनेको के हो ? यसका सबल र दुर्बल पक्षहरू के–के हुन् ? लेख्नुहोस्  । सेवाभित्रका कार्यरत कर्मचारी वा सेवाबाहिरका तर तोकिएको योग्यता पुगेका व्यक्तिहरूलाई प्रतिस्पर्धा गराएर रिक्त पदको पूर्ति गर्ने तरिकालाई बाह्य पदपूर्ति भनिन्छ । यसमा सबैलाई समान अवसर हुन्छ । तोकिएको योग्यता पुगेका सबै व्यक्ति यसमा सहभागी हुन्छन् । लिखित, अन्तर्वार्ताजस्ता प्रतिस्पर्धात्मक परीक्षामा सफल भएका व्यक्तिलाई मात्र नियुक्ति गरिन्छ । यो खुला प्रतिस्पर्धा हो । नेपालको निजामती सेवामा लोकसेवा आयोगले निजामती सेवा ऐन–२०४९ को दफा ७ अनुसार खुला प्रतिस्पर्धाको विज्ञापन गर्दछ र सफल उम्मेदवारलाई मात्र रिक्त पदमा नियुक्तिका लागि सिफारिस गर्दछ । सबल पक्ष – नवीनतम ज्ञान, सीप, क्षमता र सोच भएका सक्षम व्यक्तिले सेवाभित्र प्रवेश पाउने, – पुराना कर्मचारीको समेत प्रतिस्पर्धात्मक क्षमता बढ्ने, – यसले सक्षम र योग्य व्यक्ति पलायन हुनबाट रोक्दछ, – सेवा प्रवेशमा समान अवसरको सिद्धान्त लागू हुन्छ, – सेवामा नयाँले मौका पाउने हुँदा उत्पादन र उत्पादकत्व बढ्न जान्छ, – पुराना कर्मचारीले भन्दा नयाँ कर्मचारीले महत्व ...