मौद्रिक नीति भनेको के हो? मौद्रिक नीतिका विसेषता उल्लेख गर्दै यसका उपकरण बारे जानकारी गराउनुहोस । (५+३+२)
। मुलुकको आर्थिक विकास तथा आर्थिक स्थायित्वका लागि राष्ट्रिय अर्थतन्त्रमा वाञ्छित परिणाम हासिल गर्न अपनाउने समष्टिगत नीति नै मौद्रिक नीति हो । कुनै निश्चित उदेश्य हँसिल गर्नको लागि केन्द्रीय बैंकले मुद्रा तथा साखको मात्रा, लागत तथा उपभोक्तामा प्रभाव पार्न अपनाइने विधि नै मौद्रिक नीति हो ।
मुद्राप्रदाय (मुद्रा आपूर्ति) नियन्त्रण गर्नको लागि बनाइने नीति मौद्रिक नीति हो । मौद्रिक नीति कुनै पनि मुलुकको केन्द्रिय बैंकले निर्माण गर्दछ । नेपालमा पनि नेपाल राष्ट्र बैंकले मौद्रिक नीति बनाउँदै आएको छ । मानिससँग आवश्यकताभन्दा बढी पैसा हुँदा बजार मूल्य बढ्ने हुँदा मागअनुसारको मात्रै मुद्रा आपूर्ति गर्नका लागि मौद्रिक नीति बनाइन्छ ।
“Monetary policy is the exercise of central bank control over money supply as an instrument for achieving the objectives of general economic policy.” Edward Shapiro
अर्थतन्त्रमा मुद्रा प्रदायकको स्तर कति रहनुपर्छ र त्यस्तो मुद्रा अर्थतन्त्रको कुन क्षेत्रमा प्रवाहित वा उपभोग हुनुपर्दछ भनि निर्धारण गर्ने नीति नै मौद्रिक नीति हो ।
मौद्रिक नीति भित्र वित्तीय नीति र विदेशी विनिमय नीति समावेश गरिएको हुन्छ । वित्तीय नीति अन्तर्गत नेपाल राष्ट्र बैंकको मातहतमा रहेका बैंक तथा वित्तीय संस्थाहरुको नियमनसम्बन्धि नीति पर्दछ । यस्ता नीतिहरु समयको माग र आवश्यकताअनुसार परिवर्तन गर्दै जानुपर्ने भएकाले राष्ट्र बैंकले हरेक वर्ष आवश्यक परिमार्जन सहितको नीति ल्याउने गर्दछ ।
मौद्रिक नीतिका उदेश्यहरु
(क) मौद्रिक तटस्थता कायम गर्नु,
(ख) बिनिमयमा स्थिरता कायम गर्नु,
(ग) मुल्य स्थिरता कायम राख्नु,
(घ) पुर्ण रोजगारी कायम गर्नु,
(ङ) आर्थिक बृद्वि हासिल गर्नु।
(च) भुक्तानी सन्तुलन
(ख) बिनिमयमा स्थिरता कायम गर्नु,
(ग) मुल्य स्थिरता कायम राख्नु,
(घ) पुर्ण रोजगारी कायम गर्नु,
(ङ) आर्थिक बृद्वि हासिल गर्नु।
(च) भुक्तानी सन्तुलन
मौद्रिक नीतिका उपकरणहरु
– बैंकदर र पुनकर्जादर
– अनिवार्य नगद मौज्दात
– व्याजदर र मार्जिंनदर
– खुला बजार कारोबार
– कर्जा सीमाना र वैधानिक तरलता
– निक्षेप संकलन
लेखन तथा सम्पादन : दिनेश सुवेदी
– अनिवार्य नगद मौज्दात
– व्याजदर र मार्जिंनदर
– खुला बजार कारोबार
– कर्जा सीमाना र वैधानिक तरलता
– निक्षेप संकलन
लेखन तथा सम्पादन : दिनेश सुवेदी
Comments
Post a Comment