Skip to main content

कानुन को शासन भन्नाले के बुझ्नु हुन्छ , यस्को अबधारणा बारे चर्चा गर्नुहोस ।

सामान्य अर्थमा कानुनको शासन भन्नाले कानुनको सर्वोच्चतालाई स्वीकार गरी सञ्चालित शासन व्यवस्थालाई बुझिन्छ । कानुनको शासनलाई विधिको शासन, कानुनी राज्य समेत भन्ने गरिएको पाइन्छ ।
– कानुनको शासनको अवधारणाको सुरुवात कहाँबाट भयो भन्ने कुरा खोज्दै जाँदा ग्रिकहरूको कानुन सम्बन्धी धारणा भेट्न सकिन्छ । उनीहरूले कानुनलाई सरकारको अनियन्त्रित शक्तिलाई नियन्त्रण गर्ने माध्यमका रूपमा मानेका थिए । दार्शनिक अरस्तुले भनेका थिए ‘Government by law is superior than government by men.। ’ कानुनको शासन अवधारणाको अभ्यास विगत धेरै लामो समयदेखि नै हुने गरेको देखिन्छ । सन् १२१५ को म्याग्नाकार्टालाई यसको आधार स्तम्भ मानिन्छ तथापि यस अवधारणाको खास प्रतिपादकका रूपमा अक्सफोर्ड युनिभर्सिटीका अङ्ग्रेजी कानुनका Professor AV Dicey लाई लिने गरिन्छ । उनको सन् १८८५ मा प्रकाशित पुस्तक Introduction to the law of constitution ले यसको अर्थ तथा परिभाषा स्पष्ट गरेको छ । डायसीले कानुनको शासनलाई पहिलो पटक सिद्धान्तको रूपमा विकास गरे । उनले कानुनको शासनका तीन वटा सिद्धान्तलाई समेटे । उनले समेटेका कानुनका शासनका तीन सिद्धान्तहरू यस प्रकार छन् :
(क) सरकारका काम कारबाहीमा स्वेच्छाचारी शक्तिको अभाव (Absence of arbitrary power on the part of the government)
(ख) कानुनको अगाडि समानता (Equality before law)
(ग) संविधान सामान्य कानुनको परिमाण (Constitution as the result of the ordinary law of the land)
– निष्कर्षमा भन्दा एउटा प्रतिनिधिमूलक सरकारले न्यायसंगत कानुनको विवेक सम्मत प्रयोग गरी शासन सञ्चालन गर्नु नै कानुनको शासन हो । कानुनको शासन (Rule of Law) कानुनद्वारा शासन (Rule by Law) मात्र होइन, न्यायिक कानुन ( just Law) कानुनको शासनको पूर्वशर्त हो ।

लेखन तथा सम्पादन : दिनेश सुवेदी 

Comments

Popular posts from this blog

एकल कोष खाता प्रणाली (TSA) भनेको के हो ? यस्को उदेस्य बारे चर्चा गर्नुहोस । (५+५)

एकल कोष खाता प्रणाली (TSA) भनेको के हो ?  सञ्चित कोषको सञ्चालन र जिल्लागत रुपमा राजस्व आम्दानी र बजेट खर्चको नगद व्यवस्थापन सम्बन्धी कार्य गर्न प्रत्येक जिल्ला स्थित कोष तथा लेखा नियन्त्रक कार्यालयलाई जिम्मेवारी दिने प्रणालीलाई नै एकल कोष खाता प्रणाली (Treasury Single Account)  भनिन्छ । यसले वर्तमान ४००० भन्दा बढि भुक्तानी केन्द्रका १२००० भन्दा बढि खातालाई प्रतिस्थापन गर्ने छ र केवल ७५ जिल्लाको कोष कार्यालयमा एक-एक वटा मात्र बैंक खाता हुनेछन् । २०६६ मंसिर १ गते देखि भक्तपुर जिल्लाबाट सुरु भई हाल ३८ जिल्लामा लागू भएको छ । छिट्टै नेपालभर लागू गर्ने तयारी भइरहेको छ । यस कार्यमा नेपाल सरकारलाई IMF ले परामर्श दातृ संस्थाको रुपमा सहयोग गरिरहेको छ । TSA किन ? •    सरकारी कोषको  दैनिक आम्दानी, खर्च र मौज्दातको हिसाब तयार गर्न सहज बनाउन, •    सरकारी कोषको रकमलाई पूर्ण उपयोगमा ल्याउन, (विभिन्न खातामा रकम निस्क्रीय रहँदैन ) •    सरकारी खर्च प्रणालीलाई Post Audi...

लेखापरीक्षण मान

लेखापरीक्षण मानहरू लेखापरीक्षण मान  भन्नाले कुनै पनि  लेखापरीक्षक ले लेखापरीक्षण  गर्दा पालना गर्नु पर्ने लेखापरीक्षण सम्बन्धी सैद्धान्तिक मानहरू हुन् । [१]  उक्त मान लेखापरीक्षण मान समितीले तयार गरि  नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था ले नेपालमा लागु गर्ने गर्दछ । हालसम्ममा ३२ वटा लेखापरीक्षण मानहरू तयार भई कार्यान्वयनमा लागु गरिएकोछ । जसमध्ये २७ वटा अनिवार्य पालना गर्नु पर्ने गरि लागु गरिएको छ भने बाँकी ५ वटालाई ऐच्छिक पालनाको लागी राखिएको छ । सङ्कलन/ लेखन : दिनेश सुवेदी 

बाह्य पदपूर्ति भनेको के हो ? यसका सबल र दुर्बल पक्षहरू के–के हुन् ? लेख्नुहोस्  । (४+६)

बाह्य पदपूर्ति भनेको के हो ? यसका सबल र दुर्बल पक्षहरू के–के हुन् ? लेख्नुहोस्  । सेवाभित्रका कार्यरत कर्मचारी वा सेवाबाहिरका तर तोकिएको योग्यता पुगेका व्यक्तिहरूलाई प्रतिस्पर्धा गराएर रिक्त पदको पूर्ति गर्ने तरिकालाई बाह्य पदपूर्ति भनिन्छ । यसमा सबैलाई समान अवसर हुन्छ । तोकिएको योग्यता पुगेका सबै व्यक्ति यसमा सहभागी हुन्छन् । लिखित, अन्तर्वार्ताजस्ता प्रतिस्पर्धात्मक परीक्षामा सफल भएका व्यक्तिलाई मात्र नियुक्ति गरिन्छ । यो खुला प्रतिस्पर्धा हो । नेपालको निजामती सेवामा लोकसेवा आयोगले निजामती सेवा ऐन–२०४९ को दफा ७ अनुसार खुला प्रतिस्पर्धाको विज्ञापन गर्दछ र सफल उम्मेदवारलाई मात्र रिक्त पदमा नियुक्तिका लागि सिफारिस गर्दछ । सबल पक्ष – नवीनतम ज्ञान, सीप, क्षमता र सोच भएका सक्षम व्यक्तिले सेवाभित्र प्रवेश पाउने, – पुराना कर्मचारीको समेत प्रतिस्पर्धात्मक क्षमता बढ्ने, – यसले सक्षम र योग्य व्यक्ति पलायन हुनबाट रोक्दछ, – सेवा प्रवेशमा समान अवसरको सिद्धान्त लागू हुन्छ, – सेवामा नयाँले मौका पाउने हुँदा उत्पादन र उत्पादकत्व बढ्न जान्छ, – पुराना कर्मचारीले भन्दा नयाँ कर्मचारीले महत्व ...