Skip to main content

बाह्य पदपूर्ति भनेको के हो ? यसका सबल र दुर्बल पक्षहरू के–के हुन् ? लेख्नुहोस्  । (४+६)

बाह्य पदपूर्ति भनेको के हो ? यसका सबल र दुर्बल पक्षहरू के–के हुन् ? लेख्नुहोस्  ।
सेवाभित्रका कार्यरत कर्मचारी वा सेवाबाहिरका तर तोकिएको योग्यता पुगेका व्यक्तिहरूलाई प्रतिस्पर्धा गराएर रिक्त पदको पूर्ति गर्ने तरिकालाई बाह्य पदपूर्ति भनिन्छ । यसमा सबैलाई समान अवसर हुन्छ । तोकिएको योग्यता पुगेका सबै व्यक्ति यसमा सहभागी हुन्छन् ।
लिखित, अन्तर्वार्ताजस्ता प्रतिस्पर्धात्मक परीक्षामा सफल भएका व्यक्तिलाई मात्र नियुक्ति गरिन्छ । यो खुला प्रतिस्पर्धा हो । नेपालको निजामती सेवामा लोकसेवा आयोगले निजामती सेवा ऐन–२०४९ को दफा ७ अनुसार खुला प्रतिस्पर्धाको विज्ञापन गर्दछ र सफल उम्मेदवारलाई मात्र रिक्त पदमा नियुक्तिका लागि सिफारिस गर्दछ ।
सबल पक्ष
– नवीनतम ज्ञान, सीप, क्षमता र सोच भएका सक्षम व्यक्तिले सेवाभित्र प्रवेश पाउने,
– पुराना कर्मचारीको समेत प्रतिस्पर्धात्मक क्षमता बढ्ने,
– यसले सक्षम र योग्य व्यक्ति पलायन हुनबाट रोक्दछ,
– सेवा प्रवेशमा समान अवसरको सिद्धान्त लागू हुन्छ,
– सेवामा नयाँले मौका पाउने हुँदा उत्पादन र उत्पादकत्व बढ्न जान्छ,
– पुराना कर्मचारीले भन्दा नयाँ कर्मचारीले महत्व पाउँछन् ।
दुर्बल पक्ष
– यो तरिका केही खर्चिलो हुन्छ, जस्तै : विज्ञापन खर्च, परीक्षा खर्च आदि ।
– पुराना र नयाँ कर्मचारीबीच समन्वय हुन केही समय लाग्न सक्ने,
– अनुभव नभएका नयाँ कर्मचारी उच्च तहमा पुग्दा पुराना अनुभवी कर्मचारी हतोत्साहित हुन सक्ने,
– तालिम कार्यक्रमको बढी आवश्यकता पर्ने,
– कर्मचारी छनोट कार्य जस्तै : लिखित परीक्षा, सोको नतिजा, अन्तर्वार्ता, अन्तिम नतिजा आदिजस्ता कार्यमा बढी समय लाग्न सक्ने ।

©दिनेश सुवेदी 

Comments

Popular posts from this blog

एकल कोष खाता प्रणाली (TSA) भनेको के हो ? यस्को उदेस्य बारे चर्चा गर्नुहोस । (५+५)

एकल कोष खाता प्रणाली (TSA) भनेको के हो ?  सञ्चित कोषको सञ्चालन र जिल्लागत रुपमा राजस्व आम्दानी र बजेट खर्चको नगद व्यवस्थापन सम्बन्धी कार्य गर्न प्रत्येक जिल्ला स्थित कोष तथा लेखा नियन्त्रक कार्यालयलाई जिम्मेवारी दिने प्रणालीलाई नै एकल कोष खाता प्रणाली (Treasury Single Account)  भनिन्छ । यसले वर्तमान ४००० भन्दा बढि भुक्तानी केन्द्रका १२००० भन्दा बढि खातालाई प्रतिस्थापन गर्ने छ र केवल ७५ जिल्लाको कोष कार्यालयमा एक-एक वटा मात्र बैंक खाता हुनेछन् । २०६६ मंसिर १ गते देखि भक्तपुर जिल्लाबाट सुरु भई हाल ३८ जिल्लामा लागू भएको छ । छिट्टै नेपालभर लागू गर्ने तयारी भइरहेको छ । यस कार्यमा नेपाल सरकारलाई IMF ले परामर्श दातृ संस्थाको रुपमा सहयोग गरिरहेको छ । TSA किन ? •    सरकारी कोषको  दैनिक आम्दानी, खर्च र मौज्दातको हिसाब तयार गर्न सहज बनाउन, •    सरकारी कोषको रकमलाई पूर्ण उपयोगमा ल्याउन, (विभिन्न खातामा रकम निस्क्रीय रहँदैन ) •    सरकारी खर्च प्रणालीलाई Post Audi...

लेखापरीक्षण मान

लेखापरीक्षण मानहरू लेखापरीक्षण मान  भन्नाले कुनै पनि  लेखापरीक्षक ले लेखापरीक्षण  गर्दा पालना गर्नु पर्ने लेखापरीक्षण सम्बन्धी सैद्धान्तिक मानहरू हुन् । [१]  उक्त मान लेखापरीक्षण मान समितीले तयार गरि  नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था ले नेपालमा लागु गर्ने गर्दछ । हालसम्ममा ३२ वटा लेखापरीक्षण मानहरू तयार भई कार्यान्वयनमा लागु गरिएकोछ । जसमध्ये २७ वटा अनिवार्य पालना गर्नु पर्ने गरि लागु गरिएको छ भने बाँकी ५ वटालाई ऐच्छिक पालनाको लागी राखिएको छ । सङ्कलन/ लेखन : दिनेश सुवेदी